स्वास्थ्य चौकीमा छैन झाडापखालाको औषधि

सुर्खेत - सुर्खेतका स्वास्थ्य चौकीहरूमा झाडापखालाका बिरामीहरूलाई दिइने जिन चक्कीको अभाव भएको छ । विगत ६ महिना यता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामीहरू जिन चक्की नहुँदा चर्को मुल्य तिरेर निजी मेडिकलमा उपचार गर्न बाध्य छन् ।
सुर्खेतको रामघाटस्थित स्वास्थ्यचौकीका सिअहेव धिरेन्द्र घर्तीले झाडापखलाका बिरामीलाई खुवाउने जिन चक्कीको अभाव रहेको बताए । ‘पाँच/छ महिनादेखि स्वास्थ्यचौकीमा जिन चक्कीको अभाव रहेको छ’ उनले भने, ‘जिन चक्की मात्र होइन अन्य औषधीहरू समेत यहाँ अभाव भएको छ ।’ स्वास्थ्यचौकीमा बेला बेलामा गर्भवती महिलाको लागि आइरन चक्की र परिवार नियोजनका साधनको समेत अभाव हुने गरेको छ ।
त्यसैगरी भेरीगंगास्थित छिन्चु स्वास्थ्यचौकीमा समेत जिन चक्की नरहेको स्वास्थ्यचौकीका सिअहेव गोर्कण बुढाले बताए । विगत एक वर्षदेखि नै जिन चक्कीको अभाव रहेको उनले बताए । जिनचक्कीको अभाव भएपछि बिरामीहरू मर्कामा परेका छन् ।
स्वास्थ्यचौकीले उपलब्ध गराउने ४२ प्रकारका निःशुल्क औषधीहरूमध्ये आधा जसो मात्र स्वास्थ्यचौकीमा उपलब्ध हुने गरेको उनले बताए । औषधिको लागि नगरपालिकालाई अनुरोध गरेता पनि उपलब्ध हुन नसकेको उनले बताए । त्यसैगरी स्वास्थ्यचौकीमा ग्याष्टिक, छाला, कानका समस्या भएका बिरामीलाई उपलब्ध गराउने औषधिको समेत अभाव रहेको उनले बताए ।
रामघाट र छिन्चुका स्वास्थ्यचौकीमात्र होइन जिल्लाभरका धेरै स्वास्थ्यचौकीमा अतिअवाश्यक धेरै प्रयोग हुने औषधिहरुको अभाव भएको देखिएको छ । यहाँ निःशुल्क दिइने ४२ प्रकारका औषधिमध्ये अहिले मुस्किलले २५ प्रकारका रहेका छन्।‘
छिन्चु स्वास्थ्यचौकीका सिअहेव बुढाले यहाँ औषधिको अभाव हुँदा कतिपय औषधीहरू स्वास्थ्यसंस्था आफैले ल्याएर भएपनि उपलब्ध गराउनु परेको बताए । यता भेरीगंगा स्वास्थ्य शाखाले संघबाट खरिद भएर आउने औषधीहरू समयमा नआउदा औषधिको अभाव भएको जनाएको छ ।
अति आवश्यक र स्टकआउट नहुनुपर्ने औषधीहरू समेत सवस्थ्यचौकीमा नभएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अर्जुन चपाईले बताए ।‘ अहिले स्वास्थ्यचौकीमा विशेष गरेर केन्द्रले खरिद गरेर पठाउने ९ प्रकारको औषधीहरूको अभाव रहेको छ’ उनले भने, ‘जिन चक्कीको साथै परिवार नियोजनका साधनको समेत अभाव देखिएको छ ।’ जनस्वास्थ्य कार्यालयलाई औषधि अभावको विषयमा तीन पटकसम्म ताकेता गरेको उनले बताए ।
यसैबीच केही दिन अघि सुन्दर नेपाल संस्थाको पारस्पारिक जवाफदेहिता परियोजना अन्तरगत गठन गरिएको निगरानी समूहले स्वास्थ्यचौकीको अनुगमन गरेको थियो । अनुगमनको क्रममा सवस्थ्यचौकीहरूमा अत्यावश्यक औषधीको अभाव रहेको पाइएको परियोजनाका कार्यक्रम संयोजक याम थापाले जानकारी दिए । जसबाट सेवाग्राही मर्कामा परेको उनको भनाइ छ ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया