दुर्घटना न्युनिकरण गर्न डिभाइडर हस्तान्तरण
जनकपुरधाम - दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि प्रदेश २ सरकारले प्रदेश प्रहरीलाई सडक डिभाइडर हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले २ सय ५३ थान सडक डिभाइडर प्रदेश प्रहरीका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारलाई हस्तान्तरण गरेको हो ।
प्रदेशको अस्थायी राजधानी जनकपुरधामका मुख्य सडकहरुमा राखिएको कंक्रिट डिभाइडरले गर्दा भीडभाड तथा सवारीसाधनको अत्यधिक चापले हुने दुर्घटनालाई दृष्टिगत गर्दै प्लास्टिकको डिभाइडर राख्न लागिएको हो ।
दुर्घटनालाई न्यूनिकरण गर्न विकल्पस्परुप आवश्यकता अनुसार साना तथा ठुला खालका डिभाइडरहरु सडकमा राख्न ट्राफिक प्रहरी कार्यालय मातहतका निकायलाई मन्त्री यादवले कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशन दिए ।
सो कार्यक्रममा मन्त्रालयका सचिव दीपककुमार दास, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठ, धनुषा ट्राफिक प्रमुख नवराज न्यौपानेलगायत यातायात तथा सडक कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया