मंगलबार काठमाडौँ उपत्यकामा थपिए ४०४ संक्रमित

काठमाडौँ - मंगलबार काठमाडौँ उपत्यकामा ४०४ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९४, ललितपुरमा ६२ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका हुन् ।
काठमाडौँमा सक्रिय संक्रमित ३३४०, संक्रमणमुक्त २ लाख ३४ हजार ५७५ छन् । कुल संक्रमित २ लाख ४० हजार ३८ जना छन् । यस्तै २ हजार १२३ जनाको मृत्यु भइसकेको छ । भक्तपुरमा सक्रिय संक्रमित १०७८, संक्रमणमुक्त २६ हजार ९३४, कुल संक्रमित २८ हजार ४३६ र मृत्यु ४२४ जनाको भइसकेको छ ।
त्यसैगरी, ललितपुरमा सक्रिय संक्रमित १८३५, संक्रमणमुक्त ४४ हजार ५३७, कुल संक्रमित ४७ हजार २७ र मृत्यु ६५४ जनाको भइसकेको छ ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया