सरकारको विरोधमा नेविसंघले निकाल्यो सिटी जुलुस

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठनले सरकारको गतिविधीको विरोधमा काठमाडौंमा सिटी जुलुस निकालेको छ । नेविसंघले आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पसअगाडी सरकारको गतिविधीको विरोधमा सिटी जुलुस निकालेको हो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार तथा सरकारको गतिविधि जनता केन्द्रित नभएको भन्दै विरोध गरिएको नेविसंघले जनाएको छ । त्यस्तै कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकार गम्भीर नभएको, भ्रष्टचार बढ्दै गएको, सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको मा सिटी जुलुस सहभागीहरूको भनाइ छ । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले जनताले दिएको दुई तिहाई मतलाई नेकपाले दुरुपयोग गरेको र जनताका लागि केहि पनि गर्न नसकेको भन्दै विरोध स्वरुप सिटी जुलुस निकालिएको बताए ।
त्यस्तै नेविसंघका महामन्त्री मनोज बैद्यले सरकारको गतिविधी लोकतन्त्र विरोधी भएकाले विरोध गरिएको बताए । अवका दिनमा सरकार नसच्चिए कडा आन्दोलन गर्ने उनको भनाइ छ ।
सरकारको गतिविधिको विरोधमा कांग्रेसले सोमबार देशव्यापी प्रदर्शन गर्दैछ ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया