'वीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक भएको प्रमाण फेला परेन'

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको जनाएको छ । उपकुलपति प्राध्यापक भएको कुनै पनि प्रमाण फेला नपरेको र प्रचलित कानुनबमोजिम कारबाही समेत हुने मन्त्रालयले जनाएको छ ।
प्रतिष्ठानका उपकुलपति प्राध्यापक नभएको भन्दै प्रतिष्ठानमा आन्दोलरत स्वास्थ्यकर्मीले उपकुलपति गिरी प्रमाणपत्र छानबिन गर्न समेत माग गरेका थिए । गिरीले आफूलाई प्राध्यापक भएको बताउँदै आएका छन् ।
प्रतिष्ठानमा आन्दोनलरत चिकित्सकले आइतबार आन्दोलन गरेको ९० दिन पुगिसकेको छ । गत आइतबारदेखि प्रतिष्ठानका अतिआवश्यकदेखि बाहेकका अन्य सेवा चिकित्सकले बन्द गरेका छन् । स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई आन्दोलन स्थगित गरी सेवा सुचारु गर्न पनि आग्रह गरिसकेको छ ।
यस अघि प्रतिष्ठानमा कार्य रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीको राजीनमा समेत स्वीकृत भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार प्रतिष्ठानमा अख्तियारले भ्रष्ट्राचारको छानबिन गर्न सबै कागजात लिइसकेको र त्यसको पनि छानबिन भइरहेको छ ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया