ऋतिक छाडेर प्रभासलाई चुनिन् कृतिले

मुम्बई : कृति सेननको करियरमा यतिबेला चाँदी कटाइ चलिरहेको छ । रोजी छाडी फिल्म गरिरहेकी छिन् त्यो पनि ठूलठूला ब्यानरका । जस्तो कि हालसालै उनले ऋतिक रोशनको फिल्म छाडेर प्रभासको फिल्म चुनेकी छिन् । कृतिले ऋतिकसँगको ‘क्रिस ४’ छाडेर प्रभाससँगको ‘आदिपुरुष’काम गर्ने निर्णय गरेकी हुन् ।
‘क्रिस ४’ निर्माण टिमले लामो समयदेखि ऋतिकको जोडीको रुपमा कृतिलाई लिने गरी उनलाई स्क्रिप्ट सुनाइरहेको थियो । तर, लामो समय पर्खंदा पनि यसको सुटिङ सुरु हुने छाँट देखिएन । अन्त्यमा जब सुटिङको समय आयो, ‘आदिपुरुष’ र ‘क्रिस ४’को सेड्युल जुध्यो । जब दुई फिल्ममध्ये एक छाड्नु पर्ने भयो, कृतिले ऋतिक छाडिन् ।
अहिले कृतिले छाडेको भूमिका कियरा आडबानीका लागि प्रस्ताव गरिएको खबर छ । कृतिले ‘आदिपुरुष’अघि दुई फिल्मका लागि समय दिइसकेकी छिन् । अक्षयकुमारसँगको ‘बच्चन पाण्डे’ र राजकुमार रावसँगको ‘हम दो हमारे दो’ उनले साइन गरिसकेका फिल्म हुन् । ‘मिमी’ उनको प्रदर्शनका लागि तयार फिल्म हो ।

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_2uEDblHUZZ_q2atxzwolmor9psgbfrxarkm4qqr0mes8klpob6lk6sjst2kxswudxc9byeu.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

प्रतिक्रिया