नारायणकाजीविरुध्द बालुवाटारअगाडि प्रदर्शन

काठमाडौं : सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअगाडि प्रदर्शन गरिएको छ । नेकपा सचिवालय तथा राष्ट्रियसभा सदस्य श्रेष्ठविरुद्ध स्वतन्त्र युवाहरूको नाममा बालुवाटारमा प्रदर्शन गरिएको हो ।
नेकपा नेता तथा संविधानसभा सदस्य कमानसिंह लामा प्रकरणमा छानबिनको माग पनि उनीहरूले गरेका छन् । प्रदर्शनकारीहरूले नारायणकाजी र सुसन कर्माचार्यको सम्पत्ति छानविन गर्न पनि माग गरेका छन् ।
उनीहरूले ‘हेल्लो नारायणकाजी, एउटा झुठ छोप्न सयवटा झुठ नबोल्नुस’ भन्दै नारा लगाएका थिए । कमानसिंहले पनि निधन हुनुअघि नारायणकाजीसहितका कारण आफ्नो जीवन बर्बाद भएको फेसवुक स्टाटस राखेका थिए । तर नारायणकाजी श्रेष्ठले भने आफूले कमानसिंहले जलविद्युतमा लगाएको सेयरको हिसाब मिलाउन मध्यस्थकर्ताको मात्रै भूमिका निर्वाह गरेको स्पष्टीकरण दिँदै आएका छन् ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया