ओप्पोको ‘ओप्पो ह्याक २०२१’ सम्पन्न

काठमाडौं - ओप्पोले ‘ओप्पो ह्याक २०२१’ कार्यक्रम सम्पन्न गरेको छ । प्राविधिक उद्यमीहरूको आवश्यकता अनुसार संसाधन तथा सञ्जाल विस्तारमा सघाउने तथा विभिन्न व्यवसायिक संस्थाहरूसँग जोड्ने उद्देश्यका साथ यो कार्यक्रम अघि बढाइएको हो ।
जुन महिनादेखि सुरु भएको उक्त कार्यक्रममा विश्वभरका उद्यमी तथा प्राविधिसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरूको सहभागिता रहेको थियो । चीन, हङकङ, संयुक्त राज्य अमेरिका, क्यानडा, सिंगापुर, ब्राजिल, बेलायत, भारतलगायत कार्यक्रममाबाट अन्य २० देश तथा क्षेत्रबाट परियोजनाहरू प्राप्त भएको कम्पनीले जनाएको छ ।
जसमा पाँच सयभन्दा बढी व्यक्ति तथा टोलीहरूले ६० भन्दा बढी योग्य परियोजनाका साथमा प्रारम्भिक चरणमा प्रवेशका लागि आवेदन दिएका थिए ।
तीमध्ये उत्कृष्ट ११ परियोजना फाइनलका लागि छनोट भएका थिए । प्रतियोगीलाई सिडिङ ग्रुप र ग्रोइङ ग्रुपका विभाजन गरिएको थियो । सम्मानित हुनेहरूमा सिडिङ ग्रुप अन्तर्गत ‘आक्र्ड क्ववेस्ट’ पहिलो भएको छ । त्यस्तै ‘च्याम्प’, ‘क्लिक’, ‘डेटा गो’ क्रमश: दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।
त्यस्तै ग्रोइङ ग्रुप अन्तर्गत ‘इन्साइट जीजी’ र ‘भोग लज’ क्रमश: पहिलो र दोस्रो भएका छन् ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया