खेताला खोजेर विरोध गर्न थालियो : पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलान्चोक : पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपा भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम सुरु भएको दाबी गरेका छन्। बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलिसभालाई आज सम्बोधन गर्दै उनले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताए ।
‘कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने काम सुरु भएको प्रमाणसहित फेलापरेका छन्’, बाँस्कोटाले भने, ‘यसो भएपछि बाहिर एकताको हल्ला चलाएरभित्र विभाजनको तयारी गर्नुको कुनै तुक छैन, यदि त्यस्तो हो भने सिधै भन्नुपर्छ अब मिल्न सकिएन ।’ आफूहरु जोखिममा जान नचाहेकाले व्यक्तिगत लाभहानिमा पार्टी विभाजन गर्न नहुने उनको तर्क थियो । रासस
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया