आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ । महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोकप्रस्ताव पारित गर्नका लागि बैठक बोलाएको कांग्रेस पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही समयपछि बैठक बस्‍दैछ । कांग्रेसले यही मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने बताएको छ । 

श्रेष्ठले प्रजातान्त्रिक आन्दोलन सेनानीका रुपमा पहिचान कमाएका थिए । बिहीबार ब्रेन ह्यामरेज भएपछि ८० वर्षे श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनका साहसिक योध्दाका रुपमा चिनिएका श्रेष्ठ कांग्रेसको पूर्व केन्द्रीय सदस्य हुन् । उनी २०१४ देखि कांग्रेसले आह्वान गरेको हरेक आन्दोलनमा अग्रमोर्चा रहेर संघर्ष गरेका थिए ।

उनी २०१९ मा पञ्चायती व्यवस्था ध्वस्त पार्ने र दरबारमै बम पड्काउने योजनामा संलग्न भएको अभियोगमा ११ वर्ष निरन्तर जेल परेका थिए । त्यसपछि पनि पटक–पटक गरी चौध वर्ष जेलमै जीवन बिताए । पूरै जीवन प्रजातान्त्रिक आन्दोलनमा ब्यतित गरे पनि प्रजातन्त्र स्थापनापछि शासकीय पद भने पाएनन् ।

र, यो पनि
- प्रजातन्त्र सेनानी श्रेष्ठ रहेनन्