सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

जगदम्बाले सार्वजिनक गर्दै अपाचे आरटिआर २०० फोर भी

काठमाडौं – नेपालका लागि अपाचे मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे आरटिआर २०० फोर भि बिएस् ६ युक्त बाइक सार्वजनिक गर्ने भएको छ । आगामी बिहीबार कम्पनीले बाइक सार्वजनिक गर्न लागेको हो । कम्पनीले यसको बुकिङ समेत खोलिसकेको छ । 

अपाचे आरटिआर २०० फोर भी बिएस सिक्सलाई एफआइ प्रविधि र तीन ओटा राइडिङ मुडमा चलाउन सकिन्छ । स्पोर्ट, अर्वन र रेन गरि तीन मुडमा चलाउन सकिन्छ । अपाचे आरटिआर २०० फोर भि बिएस् ६ लामो समय देखि युवाहरूको प्रतिक्षा रहेको बाइक हो ।

१९७.८ सिसि युक्त सिङ्गल इन्जिन भएको यस बाइकले स्पोर्ट मुडमा २०.५ बिएच् पि पावर र १७.२ एन एम टर्क जेनेरेट गर्दछ । नेपालमा यसको मुल्य ३ लाख ८४ हजार ९ सय तोकिएको छ ।