'बीपी प्रतिष्ठानका संघर्षरत समूहका अधिकांश माग पुरा भए,स्वास्थ्य संस्था सेवा सूचारु गर्नू'
उपकुलपतिको 'प्राध्यापक' उपाधिको प्रमाणपत्र पेश गर्नू
काठमाडौँ- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शुद्धिकरण अभियान-२०७८, संयुक्त संघर्षसमितिले उठान गरेको अधिकांश सम्बोधन भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ ।
मन्त्रालयले कोभिड-१९ को महामारीमा स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशील क्षेत्र खुला राखी स्वास्थ्य सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संघर्षसमितिले गरेको थप मागहरू सम्बोधन हुने क्रममा रहेको उल्लेख छ ।
मन्त्रालयसँग सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ लाई परिमार्जन गरीएको छ । 'नियुक्ती सम्बन्धी कार्यविधि मापदण्ड निर्माणका लागि ३ जना प्राध्यापकसहित प्रमुख विशेषज्ञ डा. रमण सिंहको संयोजकत्त्वमा ७ सदस्यीय समिति गठन गरिएको छ,'जारी विज्ञप्तिमा लेखिएको छ ।
६ जना कार्यकारी परिषद्का सदस्यले सिनेटको बैठक बोलाउने बारेको निवेदन कुलपतिलाई दिए पश्चात सहकुलपतिज्युको नेतृत्त्वमा समिति बन्ने क्रममा रहेको मन्त्रालयले बताएको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई प्राध्यापक उपाधिको प्रमाणपत्र पेश गर्न आग्रह गरिसकेको छ ।
प्रतिष्ठानमा कार्यरत उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र अस्पताल निर्देशकलाई गतिरोध अन्त्य गर्न सहज निकासका लागि मार्ग प्रशस्त गर्न निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया