सुदूरपश्चिममा स्क्रब टाइफसका १९६ बिरामी फेला
कैलाली - सुुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्क्रब टाइफस, कालाजार, डेंगुलगायत रोगहका बिरामी बढेका छन् । सुदूरपश्चि प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले दिएको तथ्यांकअनुसार साउन महिना यता मात्रै स्क्रब टाईफसका १९६ नयाँ बिरामी फेला परेका छन् ।
आर्थिक वर्ष २०७८-०७९ को साउन महिना यता कैलालीमा सबैभन्दा बढी ७७ जनामा स्क्रब टाइफस फेला परेको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी ओम जोशीले बताए । उनले कैलालीपछि दार्चुलामा ५४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको बताए । जसमा ६३ जना पुरुष र बाँकी १३३ जना महिला रहेको जोशीको भनाइ छ ।
त्यस्तै प्रदेशमा डेंगुका बिरामीसमेत फेला परेका छन् । साउन यता प्रदेश भरिमा २३ जना डेंगुका बिरामी फेला परेको जोशीले जानकारी दिए । उनका अनुसार कैलालीमामात्रै १४ जनामा डेंगु भेटिएको छ । त्यस्तै स्क्रब टाईफस र डेंगुसँगै यहाँ कालाजारका बिरामी पनि भेटिएका छन् । प्रदेशभरिमा २६ जना पुरुष र १३ जना महिला गरी ३९ जनामा कालाजार भेटिएको जोशीले जानकारी दिए । यस्तै कोभिड–१९ का ४११ जना संक्रमितसमेत साउन यता फेला परेका छन् । जसमा बझाङमा मात्रै २६८ जना रहेका छन् ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया