तपाईंको डेस्कटप वा ल्यापटपले विन्डोज ११ सर्पोट गर्छ वा गर्दैन ? यसरी थाहा पाउनुहोस्
काठमाडौँ- माइक्रोसफ्टले अगामी अक्टोबर ५ बाट विश्वभर विन्डोज ११ दिने घोषणा गरेको छ । विन्डोज ११ नयाँ युआई, नयाँ माइक्रोसफ्ट स्टोर तथा अन्य आकर्षक फिचर सहित हुनेछ। ओरिजिनल विन्डोज प्रयोगकर्ताले यसको अपडेड अक्टोबर ५ बाट प्राप्त हुनेछ । यसमा एन्ड्रोइड समेत सपोर्ट गर्ने हुँदा विन्डोज १० भन्दा विन्डोज ११ निक्कै फरक हुनेछ । माइक्रोसफ्टको नयाँ विन्डोज ११ प्राप्त गर्न के कस्ता स्पेसिफिकेसन्सहरू चाहिन्छ त ?
माइक्रोसफ्ट विन्डोज ११ का लागि तपाईकाे ल्यापटप वा कम्प्युटरमा ४ जीबी र्याम हुनु आवश्यक छ । विन्डोज ११ का लागि यसका प्रोग्राम र सफ्टोवर केही अपग्रेटेड हुने हुनाले ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज तथा ६४ जीबी प्रोसेसर चाहिन्छ । त्यस्तै सीपीयू समेत २ वा सो भन्दा बढि कोर भएको हुनुपर्छ ।
प्रोसेसर भने इन्टेलका लागि आठाैँ जेनरेसन वा साे भन्दा माथिकाे हुनुपर्छ । यस्तै एमडीको लागि जेन २ वा सो भन्दा माथि त्यस्तै क्वालकमको लागि स्नापड्रागन ८५० वा नयाँ प्रोसेसर हुन जरूरी छ । विन्डोज ११ चल्नको लागि सपाेर्ट गर्ने प्रोसेसरका साथ टिपिएम २.० भएको हुनुपर्छ ।
यदि तपाईकाे ल्यापटप वा कम्प्युटरमा माथी भनिए जस्ता स्पेकिफिकेशनहरू भएमा विन्डोज ११ सजिलै सपोर्ट गर्छ । यस्ता स्पेसिफिकेशनहरू तपाई आफ्नो कम्प्युटरमा माइ कम्प्युटर सेक्सनमो डिटेल्समा गएर चेक गर्न सक्नुहुनेछ ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया