यसरी क्लियर गर्नुहोस मोबाइलमा 'फुल भएको स्टोरेज'

काठमाडौं - धैरेजसो स्मार्टफोनमा हामीले स्टोरेज फुल भएको भोगेका छौँ । अझ केही समय अगाडिका स्मार्टफोनमा यस्ता समस्या धेरै हुने गर्थे । हिजोआज आउने स्मार्टफोन पहिलाको तुलनामा र्याम तथा स्टोरेज क्षमता धेरै हुने गर्छ । जुन राम्रो पक्ष हो । तरपनि जति नै स्टोरेज र र्याम क्षमता भएता पनि यदि बेला बेला फोनको मेमोरी र र्याम क्लिन गरिएन भने फोन ह्याङ हुने समस्या दोहोरिन्छ । यहाँ केही त्यस्ता टिप्सहरू दिइएको छ जुन तपाईलाई बेला बेला काम लाग्न सक्छ ।
क्लिनिङ एप्सको प्रयोग गर्नुहोस्
फोनको स्टोरेज बढाउन धेरैले ‘मास्टर क्लिनर’ तथा अन्य विभिन्न त्यस्त एप्लिकेशनहरूको प्रयोग गर्ने गरेको देखिन्छ । वास्तबमा त्यस्ता एप्सका साइज आफैमा ठूलो हुने गर्दछ । त्यसले एकपटक तपाईले प्रयोग गर्नु भएको एप्लिकेशनको साइज हेर्नुहोस् । यदि साइज कम छ र यसले प्रभावकारी काम गरेको छ भने राख्नुहोस् अन्यथा ‘फाइल्स वाई गुगल’ एप्सको प्रयोग गर्न सक्नुहुनेछ । यो एप्लिकेशन फाइल क्लाउड स्टोरेज, फाइल क्लिन, फाइल रिभ्यु तथा फाइल ट्रान्सफर जस्ता कार्य गर्ने हुँदा अन्य यस प्रकारका एप्लिकेशनहरूको प्रयोग गर्न पर्देन ।
अनावश्यक फाइल डिलिट गर्नुहोस्
स्मार्टफोनमा भएका अनावश्यक फाइलहरू डिलिट गर्नुहोस् यस्ता फाइलले फोन स्लो बनाउने तथा ह्याङ हुने जस्ता समस्या आउने हुँदा अनावश्यक फाइल डिलिट गर्नु नै बुध्दिमानी हुन्छ । आवश्यक रहेका फाइल तथा एप्लिकेशनहरू राख्नुहोस् अरूलाई डिलिट गर्नुहोस् ।
क्लाउड स्टोरेजको प्रयोग गर्नुहोस्
क्लाउड स्टोरेजको प्रयोगले तपाईको फोनको स्टोरेजलाई राहत दिने हुँदा फोनमा आवश्यक फाइललाई क्लाउड स्टोरेजमा राख्नुहोस् । ‘फाइल्स वाइ गुगल एपमा’ समेत तपाईले कलाउडको प्रयोग गर्न सक्नुहुनेछ ।
ठूला फाइल कम्प्युटर वा ल्यापटमा राख्नुहोस्
स्मार्टफोनमा भएका ठुला फाइललाई आफ्नो कम्प्युटर वा ल्यापटपमा राख्नुहोस् जसले गर्दा फोनको स्टोरेज क्षमता बढ्न गइ फोन फास्ट हुनेछ। र्याम क्षमता धेरै प्रयोग गर्ने गेमहरू प्रयोग गरेपछि क्यास क्लियर गर्न नभुल्नुहोस् यसले गर्दा खेल्दा बाँकी रहेका क्यास क्लियर हुन्छ र फोन चल्ने क्षमता बढ्नेछ ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया