‘लेनदेनमा नारायणकाजीको संलग्नता छैन’

काठमाडौं : पूर्वसांसद तथा पूर्वराजदुत कमानसिंह लामासँगको विवादित लेनदेनसम्बन्धी भिडियो टेपबारे याम्बालिङ हाइड्रोपावर कम्पनीले स्पष्टिकरण दिएको छ । उसले कुनै पनि लेनदेनमा श्रेष्ठको संलग्नता नभएको दाबी गरेको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ, ‘यस कम्पनीसंग संलग्न नभएको पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठलाई जोडी उहाँको चरित्र हत्या गर्ने उद्देश्यले आएका भ्रामक,कपोलकल्पित एवं राजनैतिक दुरासययुक्त भावनाले सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण हो ।’
पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवत्ता जस्तो व्यक्तिले आफू निकट व्यक्ति कमानसिंह लामाले उठाएको विवादलाई उनकै अनुरोधमा समाधान गर्ने प्रयास स्वरुप भए गरेको छलफललाई अन्यथा भन्न नमिल्ने कम्पनीको जिकिर छ ।
भिडियाे
घटनाको सत्य तथ्य जानकारी लिन स्वर्गीय कमानसिंह लामाकी पत्नी तथा हाल कम्पनीकी संचालक इन्द्रमायाँ तामाङ्गसँग सम्पर्क गर्न कम्पनीको आग्रह छ । उक्त भिडियो ‘दुरासययुक्त’ सम्प्रेषण भएको भन्दै भ्रममा नपर्न समेत कम्पनीले आग्रह गरेको हो ।
२०७५ फागुन २४ मा तामाङ र उनकी पत्नी इन्द्र मायाँ तामाङ्गले सञ्चालन गरेको याम्बालिङ्ग हाइड्रोपावरमा गम्भीर आर्थिक संकटमा परेको तथा कम्पनी संचालन गर्न नसकी उनीहरु पनि आर्थिक संकटमा परेका थियो । समस्या समाधानको लागि पटक पटकको अनुरोधपछि आपसी सहमतिमा कम्पनीको आर्थिक संकट समाधान गर्न साविकका सञ्चालक र कम्पनीबीच आर्थिक, कानुनी र व्यवहारिक सबै प्रकिया पूरा गरी यस कम्पनीको टेकओभर गरिएको कम्पनीले स्पष्ट पारेको छ ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया