इन्टरनेटमा भएका भिडियोहरू कसरी सजिलै डाउनलोड गर्ने ?

काठमाडौँ - इन्टरनेट चलाउँदै गर्दा हामीलाई कतिपय भिडियोहरू मन पर्छ र यस्ता भिडियोहरू डाउनलोड गरेर राख्न चाहन्छौँ । तर सबै ठाउँमा डाउनलोड अप्सन हुँदैन । इन्टरनेटमा भएका भिडियोहरू कसरी सजिलै डाउनलोड गर्ने त ? जस्तै युट्युब, टिकटक, ट्वीटर तथा फेसबुक जस्ता सोसल साइटमा भएका भिडियो उच्च गुणस्तरको डाउनलोड गर्नको लागि केहि साधारण स्टेप फलो गर्नुभयो भने तपाईले चाहेजस्तो क्वालिटिको भिडियो डाउनलोड गर्न सक्नुहनेछ ।
प्रथमत: तपाईले आफूले डाउनलोड गर्न चाहेको भिडियोको लिङ्क कपि गर्नुहोस् । याद राख्नुहोस् सो लिङ्क पब्लिकलि पोस्ट भएको हुनुपर्दछ । आफूले डाउनलोड गर्न चाहेको भिडियो डाउनलोड गर्न यस यहाँ क्लिक गर्नुहोस् वा en.Savefromnet.net मा जानुहोस् ।
त्यहाँ भएको अनलाइन भिडियो डाउनलोडर भन्ने अप्सन देखा पर्नेछ । त्यहाँ डाउनलोड गर्न चाहेको भिडियोको लिङ्क राख्नुहोस । अब तपाई भिडियो डाउनलोड फर्म्याटमा देखा पर्छ । भिडियोको साइज अनुसार सिस्टमले कन्भर्टमा समय लगाउने छ ।
अब तपाईले चाहेको भिडियो कुन क्वालिटीमा डाउनलोड गर्ने छान्नुहोस् । जस्तै तपाईले राम्रो क्वालिटीको भिडियो डाउनलोड गर्न मन छ भने त्यहाँ रहेको डब्लुइबिएम ७२० अप्सनलाई छान्नुहोस तर यो फर्म्याटका भिडियो सबै मोबाइलमा सपोर्ट नगर्न सक्छ त्यसैले डाउनलोड गर्नुअघि आफ्नो मोबाइलमा सपोर्ट गर्ने नगर्ने चेक गर्नुहोस् ।
यदि तपाई अडियो फाइलमात्र डाउनलोड गर्न चाहानुहन्छ भने पनि त्यहाँ तपाईले अडियो फाइलमात्र पनि डाउनलोड गर्न सक्नुहुनेछ । अब तपाईको भिडियो डाउनलोडका लागि तयार भयो । अब आफूले चाहेको समयमा सो भिडियो हेर्न सक्नुहुनेछ ।
यसरी तपाईले चाहेका भिडियोहरू सजिलै आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नुहुनेछ । यसका अलावा तपाई प्ले स्टोरमा सेभ मास्टर युट्युब भिडियो भन्ने एप्स डाउनलोड गर्न सक्नुहुनेछ ।

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

गुगलको जेमिनी एआई चाँडै आईफोनमा आउने
डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आ…

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० मिलियन यूरो …

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

प्रतिक्रिया