स्वास्थ्य मन्त्रालयले वीपी प्रतिष्ठानलाई भन्यो; अनिवार्यबाहेकका आर्थिक गतिविधि रोक्नू

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनिवार्य बाहेकका अन्य कार्यका लागि आर्थिक गतिविधि सञ्चालन नगर्न निर्देशन दिएको छ । सरकारको सचिवस्तरीय बिहीबारको बैठकले आर्थिक दायित्त्व सिर्जना हुने कार्यहरू रोक्न आग्रह गरेको छ ।
प्रतिष्ठानमा भएको समस्या समाधान गर्न साउन १९ गते प्रधानमन्त्रीले पठाएको पत्र अनुसार त्यहाँस्थित कुलपतिले समस्या पहिचान गरी समस्या समाधानका लागि अध्ययन तथा छानविन गर्न गठित कार्यदलले प्रतिवेदनको अध्ययन गरेको मन्त्रालयले जनाएको छ । समस्या समाधानको विषयमा सिनेटको बैठकबाट अन्य आर्थिक गतिविधिलाई रोक्नलाई आग्रह गरेको छ ।
करिब तीन महिना अघिदेखि प्रतिष्ठानभित्र भएको भ्रष्ट्राचार तथा अनियमितताको घटना विद्यार्थी, चिकित्सक तथा कर्मचारीले बाहिर ल्याएका थिए । चिकित्सक र कर्मचारीले आन्दोलन समेत गरेका छन् ।
सरकारले आन्दोलनरत पक्षसँग वार्तासमेत गरेको थियो । पछिल्लो समय सरकार प्रतिष्ठानका कर्मचारीको मागप्रति गम्भीर नभएको भन्दै पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया