लक्षित समूहका ४६% ले कोभिडविरुद्धको खोप लगाए, खोप लगाउनेको संख्या एक करोड नाघ्यो

काठमाडौँ- नेपालमा लक्षित समूहको ४६ प्रतिशतले मानिसले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । सरकारले १८ वर्ष माथिका कोभिडविरुद्धको खोप २ करोड १७ लाख ५६ हजार ७६३ जनामा लगाउने योजना बनाएको छ ।
जसमध्ये कोभिडविरुद्धको पहिलो र दोस्रो मात्रा गरी कुल एक करोड ९२ हजार १६४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।कोभिडको पूर्ण मात्रा खोप लगाउनेको संख्या ४६ लाख ६७ हजार ३२८ जना पुगेको र १५ दशमलव ४ प्रतिशतले लगाएको मन्त्रालयले उल्लेख गरेको छ ।
त्यसैगरी पहिलो मात्रा १७ दशमलव ९ प्रतिशत र ५४ लाख २४ हजार ८३६ जनाले लगाएका छन् । हालसम्म नेपालमा तीन कम्पनीको खोप लगाइएको छ । भारतबाट उत्पादित कोभिसिल्ड खोप, चीनबाट भेरोसेल खोप र अमेरिकमा निर्मित खोप जोनसन एण्ड जोनसन खोप लगाइएको छ ।
औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि भारतको सिरम इन्स्टीच्यूटबाट उत्पादित कोभिसिल्ड, चीनबाट सिनोफार्मको भेरोसेल, भारत बायोटेकको कोभ्याक्सिन र रसियन कम्पनी 'स्पुतनिक फाइभ 'ले आपतकालीन प्रयोगका अनुमति पाइसकेका छन् ।
भारतबाट अनुदानस्वरुप प्राप्त १० कोभिसिल्ड खोप नेपालमा गत वर्षको माघ १४ गतेदेखि लगाउन थालिएको थियो । अहिलेसम्म पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या करिब एक करोड नाघिसकेको छ । विभिन्न पेशामा रहेका र फ्रन्टलाइनरका रुपमा काम गर्नेसहित ४० वर्षदेखिका मानिसले कोभिडविरुद्धको खोप लगाएका छन् ।
हालसम्म एक करोड १३ लाख ९४ हजार कोभिडविरुद्धको खोप आयात भइसकेको छ । चीनबाट भेरोसेल खोप अनुदानस्वरुप १८ लाख, खरिद गरी ४० लाख ल्याइएको छ । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख २१ लाख खोप आयात गरिएको हो । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया