गाभीले उपलब्ध गराउने फाइजर खोप कात्तिकमा आउने

काठमाडौँ- कात्तिकको पहिलो सातासम्ममा एलायन्स फर गाभीले अनुदानस्वरुप उपलब्ध गराउने फाइजर खोप नेपाल आइपुग्ने भएको छ । गाभीले एक लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले जानकारी दिए ।
'खोप आयात उपलब्ध गराउने हामीलाई आश्वासन प्राप्त गरिसकेका छौं,' पोखरेलले भने,'खोप राख्न गाभीले फ्रिजसमेत उपलब्ध गराउने भएको छ । नेपालले पनि आवश्यक भण्डारणको तयारी गरिरहेको छ ।'
फाइजर खोप माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। हालसम्म उक्त खोपका लागि भण्डारण केन्द्रको स्थापना गरिएको छैन । सरकारले फाइजर खोप बालबालिकालाई लगाउने घोषणा गरिसकेको छ ।
नेपालमा हालसम्म तीन कम्पनीको मात्र खोप लगाइएको छ । चीनको भेरोसेल खोप, भारतको कोभिसिल्ड र अमेरिकाको जोनसन एण्ड जोनसन खोप लगाइएको छ ।
औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि भारतको सिरम इन्स्च्युटबाट उत्पादित कोभिसिल्ड, चीनबाट सिनोफार्मको भेरोसेल, भारतबायोटेकको कोभ्याक्सिन र रसियन कम्पनी 'स्पुटनीक भि'ले आपतकालीन प्रयोगका अनुमति पाइसकेका छन् ।
भारतबाट अनुदानस्वरुप प्राप्त १० कोभिसिल्ड खोप नेपालमा गत वर्षको माघ १४ गतेदेखि लगाउन थालिएको थियो । अहिलेसम्म पहिलो र दोस्रो डोज खोप लगाउनेको संख्या करिब एक करोड पुगिसकेको छ । हालसम्म एक करोड १३ लाख ९४ हजार कोभिडविरुद्धको खोप भित्रिएको छ ।
चीनबाट भेरोसेल खोप अनुदानस्वरुप १८ लाख, खरिद गरी ४० लाख । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया