स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखाका उच्च अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरेको छ। आइतबार स्वास्थ्य राज्यमन्त्री स्तरीय निर्णय गर्दै परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख रहेका डा. झलक शर्मालाई हटाएर व्यवस्थापन महाशाखाका सागर दाहाललाई ल्याइएको छ । लामो समयदेखि खाली रहेको व्यवस्थापन महाशाखा डा.शर्मालाई पठाइएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सार्क क्षयरोग केन्द्रका निर्देशक डा. विवेकलाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकमा सरुवा गरिएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा पोख्रेललाई कर्णको ठाउँमा पठाइएको छ ।
त्यसैगरी क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनलाई कर्णाली प्रदेश निर्देशनालयमा पठाइएको छ । उनको ठाउँमा डा. प्रकाश शाहलाई ल्याइएको छ ।
भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. कृष्ण पौडेललाई नियुक्त गरिएको छ । सोही अस्पतालका मेसु डा. रोशन न्यौपानेलाई गजेन्द्र नारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल सरुवा गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया