आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

बजारमा नयाँ अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम

काठमाडौँ - डोर मिट प्रालिले नयाँ अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा ल्याएको छ । विगत ८ महिनादेखि नै ग्राहकको अर्डर अनुसार सामान डेलिभरी सेवा दिँदै आएपनि कम्पनीले कोभिडका कारण कारण औपचारिकरुपमा सञ्‍चालन हुन सकेको थिएन । सोमबारबाट यो प्लेटफर्म औपचारिक रुपमा सार्वजनिक भएको हो ।

डोर मिट प्रालिका संस्थापक निर्देशक केदार सापकोटाले पछिल्लो समय अनलाइन सपिङप्रति आम उपभोक्ताको आर्कषण बढ्दै गएको तर हाल सञ्चालनमा रहेका इ–कमर्स प्लेटफर्महरुले ग्राहकलाई चित्तबुझ्दो सेवा दिन नसकेको कुरालाई मध्यनजर गर्दै डोरमिट डटकम सञ्चालनमा ल्याइएको बताए ।

'अहिले धेरै इकमर्स प्लेटफर्महरु छन्, तर उपभोक्ताले खोजेजस्तो र भरपर्दो सेवा पाइरहेका छैनन्,' सापकोटाले भने, 'त्यसैले हामीले उपभोक्ताले कस्तो खालको इ–कमर्स प्लेटफम चाहेका हुन भन्ने लामो अनुसन्धान र सर्वेक्षणपछि, उपभोक्ताकै सुझावका आधारमा डोरमिट डटकम सुरु गरेका हौँ ।'

साना तथा मझौला उद्यम गरिरहेका उद्यमी र महिला उद्यमीलाई डोरमिटले आफ्नो प्लेटफर्म उपलब्ध गराउँदै आएको समेत सापकोटाले जानकारी दिए ।

डोरमिट डटकममा सबै ब्राण्डका विद्युतीय सामग्री, महिला तथा पुरुषका सबैखाले सामग्री, लत्ताकपडा, फर्निचर र दैनिक उपभोग्य सामग्रीदेखि बिलासिताका बस्तुसम्म गरी १५ हजारभन्दा बढी सामान अर्डर गर्न सकिन्छ ।

हालसम्म ३००० बढी हजार सामानको अर्डर डेलिभर गरिसकिएको र दैनिकरुपमा ६० देखि ७० वटासम्म अर्डर आउने गरेको कम्पनीले जानकारी दिएको छ । 

अन्य इ–कमर्स साइटभन्दा सस्तोमा र गुणस्तरीय सामान खरिदको सुविधा, छिटो र निःशुल्क डेलिभरी सेवा, सहजरुपमा सामान फिर्ताको सुविधाजस्ता कारणले गर्दा डोरमिट डटकम प्रतिको आम उपभोक्ताको आकर्षण र विश्वास बढ्दै गएको कम्पनीको भनाई छ ।