आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

न्युजिल्याण्डमा फाइजर खोप लगाएकी महिलाको मृत्यु

काठमाडौँ -  न्युजिल्याण्डमा कोभिड-१९ विरुद्ध फाइजरको खोप लगाएकी एक महिलाको मृत्यु भएको छ । फाइजर खोप लगाएकी महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको रोयटर्सले जनाएको छ ।

मायोकार्डिटीसका र फाइजर खोप साइड इफेक्टको कारणले हुने उल्लेख गरिएको छ । मायोकार्डिटीस मुटुको मांसपेशीको सुक्ष्म अंग हो । यसले रगतलाई पम्पीङ गर्न सहयोग गर्छ । यसले मुटुको धड्कनको परिवर्तन गर्छ ।

'न्युजील्याण्डमा कोभिडविरुद्धको खोप लगाइ मृत्यु भएको यो पहिलो केस हो,' स्वास्थ्य मन्त्रालयले भनेको छ,' अनुसन्धानको लागि पठाइएको छ । अहिलेसम्म के कारणले मृत्यु भएको हो पत्ता लाग्न सकेको छैन ।' यसबारेमा फाइजरले केही प्रतिक्रिया जनाएको छैन ।