मेसुमाथि दुर्व्यवहार घटनाः उपचार छोडेर स्वास्थ्यकर्मी आन्दोलनमा

बुटवल - दाङको तुलसीपुरमा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छ्न । राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा. विनोद सिंहलाई कार्यकक्षमा प्रवेशगरी नेकपा एमाले निकट अनेरास्ववियुका जिल्ला अध्यक्ष सर्जन परियारलगायतले कालो मोसो दलेपछि उनीहरू सडक आन्दोलनमा उत्रिएका हुन् । उक्त घटनाको वसरोधमा सडक आन्दोलनमा उत्रनुपरेको चिकित्सक डा ओम अर्यालले बताए ।
भादौ ११ गते दिउँसो साढे १ बजेतिर भएको उक्त घटना ३ दिन पुगिसक्दा पनि सलग्न ब्यक्ति पक्राउ नपर्नु र स्वास्थकर्मीले असुरक्षित महसुस गरिरहनुले पनि आन्दोलनको बाटो रोज्नु परेको उनले बताए । स्वास्थकर्मीको विरोध र्यालीले बजार परिक्रममागरी पुन अस्पताल परिसरमा पुगि विरोध सभा गरेको थियो । दोषीलाई कारबाही नहुदाँसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ ।

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

प्रतिक्रिया