नियुक्त नै नभएका शिक्षकलाई तलब

ताप्लेजुङ - ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्त नै नभएका शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयको ५८औँ वार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाले सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्त नगरी तलब निकासा गरेको हो ।
२०७६ असार माध्यमिक तह सञ्चालन अनुमति प्राप्त गरेपनि दरबन्दी स्वीकृत नभएको विद्यालयलाई गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकका लागि गाउँपालिकाले तलब बापतको रकम निकासा गरेको हो । ती विद्यालयमा सम्बन्धीत विषय शिक्षक नियुक्त नभएको तर, गाउँपालिकाले भने प्रति विद्यालय तीन लाख ६६ हजारका दरले सात लाख ३२ हजार रुपैयाँ रकम निकासा गरेको पाइएको छ ।
उक्त रकम असुलर गर्नुपर्ने पनि महालेखा प्रतिवेदनले औंल्याएको छ । नियुक्ति नपाएका शिक्षकका लागि रकम निकासा भएको विषयमा आफूलाई कुनै जानकारी नभएको आठराई त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख सीतादेवी लावतीले बताइन् ।

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…
_7EmQO5w85t_fev7gn5o5kdw71yt4ykbdv9blhbr0dmpmxuhpcwdiirg58niu1rbb2vliq7l_zid352YWNt_lsm4lamrurvf52ek2nrgfwxrxmcsr2gnlgjz2dwjc3tngdi4y6qqhyrih8co.jpg)
गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

प्रतिक्रिया