एसईई खारेज गर्दै चार तहको शिक्षा प्रणालीमा जान कांग्रेसको सुझाव
काठमाडौँ - नेपाली कांग्रेस शिक्षा विभागले एसईई परीक्षा खारेज गर्न माग गरेको छ । विभागले शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रस्तावित राष्ट्रिय नीति सार्वजनिक गर्ने क्रममा एसईई खारेजी पनि उल्लेख गरेको हो । नीति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख हरिप्रसाद नेपालले वर्तमान शिक्षा नीतिले मुलुक उभो नलगाउने बताए । वर्तमान शिक्षा नीतिमा आमुल परिवर्तनको खाँचो उनले औल्याएका थिए ।
सम्मेलनमा नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशनबाटै शिक्षा नीति तय गर्ने नीति अनुरुप नै यो तयार भएको जानकारी दिइएको थियो । शिक्षालाई चार तहमा विभाजन गर्ने कांग्रेस शिक्षा विभागको सोच छ । ‘बालदेखि चार कक्षासम्म पूर्व आधारभूत, ५ देखि ८ कक्षासम्म आधारभूत, ९ देखि १२कक्षासम्म माध्यमिक तह र त्यसमाथी उच्च शिक्षा गरी चार भागमा विभाजन गर्नु पर्छ,’ प्रतिवेदनमा उल्लेख रहेको जानकारी शिक्षा विभाग प्रमुखले दिए ।
शिक्षालाई चार तहमा विभाजन गरेर माध्यमिक तहको अन्त्यमा मात्रै राष्ट्रिय स्तरको वैज्ञानिक र स्तरीय परीक्षा प्रणाली सञ्चालन हुुनुपर्ने प्रतिवेदनमा सुझाव छ । १० कक्षामा लिइने पहिलेको एसएलसी अहिले एसईईको परीक्षा प्रणाली हटाएर १२ कक्षामा मात्र राष्ट्रियस्तरको परीक्षा लिनुपर्ने प्रस्ताव कांग्रेसी विभागको छ । यसरी परीक्षा प्रणालीमात्र परिवर्तन गरेर केही नहुने भन्दै आलोचना भइरहेको अवस्थमा कांग्रेसको विभागले अर्कै खालको सोच सहित प्रतिवेदन तयार गरेको हो ।
उच्च शिक्षा हासिल गराउने विश्वविद्यालयको कुलपति राजनीतिज्ञ नभै विज्ञहरू हुनुपर्ने समेत उल्लेख छ । नेपालमा रहेका हरेक विश्वविद्यालयमा प्रधानमन्त्री कूलपति हुने भनिएको छ । त्यो राम्रो नभएको र त्यसमा विज्ञ हुनुपर्ने जोड दिइएको छ । नेपालमा हाल ११ विश्वविद्यालय छन् ।

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…
_7EmQO5w85t_fev7gn5o5kdw71yt4ykbdv9blhbr0dmpmxuhpcwdiirg58niu1rbb2vliq7l_zid352YWNt_lsm4lamrurvf52ek2nrgfwxrxmcsr2gnlgjz2dwjc3tngdi4y6qqhyrih8co.jpg)
गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

प्रतिक्रिया