तटबन्ध चार ठाउँमा भत्किएर गाउँमा बाढी पस्यो, ९ सय बढी घर डुबानमा
जनकपुरधाम- तीनदेखि निरन्तर भइरहेको वर्षाले आएको बाढीले प्रदेश-२ का महोतरी र सप्तरी जिल्लाका सयौँ घर डुबानमा परेको छ । पानीले जिल्लाको तिलगढस्थित रातु नदीको तटबन्ध भत्किँदा बलवा नगरपालिकाका विभिन्न वडामा गरि ९ सयभन्दा बढी घर डुबानमा परेको छ ।
तिलगढ र रौजासहित नदीको तटबन्ध विभिन्न चार ठाउँमा भत्केर गाउँमा पानी पस्दा बाढीले ९ सयभन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार बाढीको पानी नगरपालिका-४ को तिलगढ, भगवतीपुर र वडा नम्बर ११ रौजा बजार तथा गाउँमा पानी पसेपछि घरहरू डुबानमा परेको हो ।
तिलगढमा करीब ४०० मिटर र रौजा २ सय मिटरभन्दा बढी बाँध भत्केको छ । बाढीले गर्दा तिलगढ र रौजाका कयौँ वस्ती डुबानमा परेको छ । बाढीले बस्ती डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम जारी रहेको डिएसपी विष्टले बताए । तिलगढका केही घरमा अत्यधिक पानीको पसेकाले घरभित्र रहेकाहरुको उद्धार भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय एलर्ट भइसकेको र नेपाली सेना तथा अन्य सुरक्षा निकायको टोली परिचालन गरिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताएका छन् । बुधबार बिहानदेखि लगातार परेको पानीले जिल्लाको रातु, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदी तथा खोलामा बाढी आएको छ । बाढीले तटीय क्षेत्रका करिब दुई दर्जनभन्दा बढी गाउँ जोखिममा रहेका छन् ।
उता भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँसमेत डुबानमा परेको छ । जिल्लाको खाँडोखोलामा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ ।
लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए । पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । राजविराज-तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले समेत क्षति पुर्याएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया