हुन्डी कारोबारमा संलग्न एक जना वीरगञ्जबाट पक्राउ

वीरगञ्ज - हुन्डी कारोबारमा संलग्न एकजनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ बस्ने ६० वर्षीय स्वामीनाथप्रसाद साह तेली छन्। पक्राउ परेका उनको साथबाट स्रोत नखुलेको ६ लाख नगद बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
वीरगञ्ज-१६ शंकराचार्य गेटमा शुक्रबार प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट ना ८ प १८७ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा तेली प्रक्राउ परेका हुन् । पक्राउ परेका तेलीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया