अमेरिकामा शिक्षक संगठनकी पूर्वप्रमुखलाई शिक्षामन्त्री बनाउने बाइडनको तयारी

अमेरिका : अमेरिकाको नयाँ शिक्षामन्त्रीका रूपमा मुलुकको सबैभन्दा ठूलो शिक्षक सङ्गठनकी पूर्वप्रमुखलाई नियुक्त गर्ने तयारी गरिएको छ । राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडनले राष्ट्रिय शिक्षा संघकी अध्यक्ष लिली एस्केल्सेन जर्कियालाई आफ्नो मन्त्रिपरिषद्मा शिक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।
उनी गत सेप्टेम्बरसम्म पनि सो सङ्गठनको प्रमुखका रूपमा क्रियाशील थिए । निर्वाचनका बेला उनले वाइडेनलाई विशेष सहयोग गरेकी थिइन । उनका कारणले बाइडेनलाई पूर्व शिक्षामन्त्री तथा सिनेटको शिक्षा समितिको अध्यक्ष भएका लामर एलेक्जन्डरलगायत धेरैको भोट आएको विश्वास पनि गर्ने गरिएको छ ।
आफूलाई शिक्षामन्त्रीमा नियुक्त गर्न लागिएको बारेमा भने उनले अहिलेसम्म कुनै प्रतिक्रिया नदिनु भएको समाचारमा जनाइएको छ । शिक्षा क्षेत्रका बारेमा धेरै ज्ञान भएको र सम्बन्ध पनि धेरै तिर राम्रो भएकाले उहाँलाई शिक्षामन्त्री बनाउन उपयुक्त हुने सुझावहरू बाइडेनलाई आएको जनाइएको छ ।
भावी राष्ट्रपति बाइडेनले पनि उहाँलाई शिक्षामन्त्री नियुक्तिका लागि पार्टीमा प्रस्ताव राखेको अधिकारीहरूले जानकारी दिएका छन् । 'उहाँको अनुभव, कार्यक्षमता, योगदान, राजनीतिक सम्पर्क तथा पहुँचलगायतका कारणले उहाँलाई शिक्षामन्त्रीमा नियुक्त गरेमा शिक्षा क्षेत्रमा राम्रो काम हुनसक्ने देखिन्छ,' २३ जनाले हस्ताक्षर गरेर सिफारिस गरेको पत्रमा उल्लेख गरिएको छ ।

प्रकृति लम्साल प्रकरणका आरोपित युवक अद्विक श्रीवास्तव धरौटीमा रिहा

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_e6lgDAcenH_c1xhdhioww95obsmoogelkj3xafwiytlf7yvzp7eho8fy88xyjghqscxm8wr.jpg)
प्रतिक्रिया