स्मार्ट चाइना एक्स्पोमा ओपोका नयाँ म्यागभोक सिरिज र ईन-कार कनेक्टिभिटी प्रविधिहरु

काठमाडौं – ओपोले ‘स्मार्ट टेक्नोलोजीः ईम्पावरिङ ईकोनोमी, एनरिचिङ लाइफ’ थिममा अगस्ट २३ देखि २६ सम्म चीनको चोंगचिंगमा आयोजित स्मार्ट चाइना एक्स्पो २०२१मा सहभागिता जनाएको छ । एक्स्पो मार्फत ओपोले आफ्ना नयाँ म्यागभोक फ्ल्यास चार्जिंग सिरिज, ईन—कार कनेक्टिभिटी लगायतका प्रविधि प्रदर्शन गरेको थियो ।
‘ओपोले उपभोक्तालाई विभिन्न परिस्थितीमा समेत सबलता प्रदान गर्ने लक्ष्यका साथ आईओटी तथा ईन्टरनेट अफ एक्स्पेरियन्स सम्बन्धित फराकिलो क्षेत्रमा हाम्रो रणनैतिक तैनातीमा निरन्तर सफलता हात पार्दै गइरहेको छ’ , ओपोको स्मार्टफोन प्रडक्ट्सका उपाध्यक्ष तथा अध्यक्ष हेनरी डुआनले भने , ‘नयाँ म्याग्नेटिक फ्ल्यास चार्जिङ र ईन—कार कनेक्टिभिटी टेक्नोलोजिज्का माध्यमबाट उपाभोक्ता अनुभवलाई हर—सम्भव पक्षबाट उत्कृष्टता प्रदान गर्न प्रयत्नरत छौँ ।’
एक्स्पो मार्फत वायरलेस एयर चार्जिंग प्रविधिका साथै, ओपोले पहिलो पटक आफ्नो म्यागनेटिक फ्ल्यास चार्जिङ प्रविधि — द ओपो म्यागभोक सिरिजपनि प्रदर्शन गरेको थियो । म्यागनेटिक अलाइनमेन्ट प्रणालीको प्रयोग गरिएको म्यागभोक वायरलेस पावर ब्यांक पनि सम्मिलित छ ।
ओपोले डिजिटल कार की, ओपो फाइन्ड एक्सथ्रीमा रहेको रिमोट भेहिकल कन्ट्रोल, ओपो वाट्च टूमा रहेको रिमोट भेहिकल कन्ट्रोलका साथै, ईन कार फ्ल्याश चार्ज लगायत ईन—कार स्मार्टफोन कनेक्टिभिटीमा हासिल गरेका नौला उपलब्धिहरु पनि प्रदर्शित गरेको थियो ।
डिजिटल कार कीले प्रयोगकर्तालाई ओपो स्मार्टफोनको प्रयोग गरी ब्ल्यूटूथ मार्फत सहजै आफ्ना कार अनलक गर्ने सुविधा उपलब्ध गराउँछ । यसका लागि कुनै किसिमको मोबाइल नेटवर्कको आवश्यकता नपर्ने हुँदा दैनिक प्रयोजनका लागि यसको उपयोगिता अझ सहज बनेको कम्पनीले जानकारी दिएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया