आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

बूढानीलकण्ठमा एभरेष्ट बैंकको शाखा खुल्यो

काठमाडौँ - एभरेष्ट बैंकले आफ्नो १०५औं शाखा बूढानीलकण्ठमा विस्तार गरेको छ । एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका वडा न.३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा बुढानिलकण्ठ शाखाको उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य दिपक काजी तुलाधर, एभरेष्ट बैंक बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धकसन्तोष भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती थियो ।