सोचजस्तो बिकास हुन नसक्नुको कारण पहिल्याउनुपर्छ : नेता नेपाल

काठमाडाैं : नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मुलुकमा सोचजस्तो बिकास हुन नसक्नुको कारण पहिल्याउनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नवप्रवद्र्धन प्रस्ताव आह्वान समुद्घाटन समारोहमा नेता नेपालले नेपालमा बिकासका धेरै प्रयास भए पनि सोचजस्तो प्रगति हुन नसकेको भन्दै कारण पहिल्याउनुपर्ने बताएका हुन् । उनले मुलुकको बिकासका लागि स्पष्ट भिजन र कार्यदिशा हुनुपर्ने जिकिर गरे ।
नेता नेपालले यथार्थपरक र बस्तुवादी अभ्यासलाई अवलम्वन गर्दै अघि बढ्नुपर्ने बेला आएको धारणा राखे । अझै पनि नेपाली समाजमा सामाजिक भेदभाव र गरिवी कायमै रहेको भन्दै नेता नेपाललाई सामाजिक सास्कृति, शैक्षिक र आर्थिक रुपमा पछि परेका समूलायलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
उद्यमी बन्न चाहने युवाका लागि वाग्मती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनले संयुक्त रूपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान गर्ने कार्यक्रमको सुरुवात गरेको हो । युवाहरूको ज्ञान, सीप र क्षमतालाई नवप्रवर्द्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने र उत्कृष्ट आइडिया पठाउने युवालाई उद्यमशीलतासम्बन्धी निःशुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंकमार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि प्रस्ताव आह्वान गरिएको आयोजकले जनाएको छ ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया