१२ को परीक्षा भौतिक रूपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन

काठमाडौँ - संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रूपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्थागरी कक्षा १२ को परीक्षा लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
कोभिडविरुद्धको खोपलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुनेगरी कक्षा १२ को परीक्षा लिने व्यवस्था गर्न सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् । समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरूमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत समेत गराएको छ । समितिकी सभापति घर्तीले भनिन्, ‘कोभिडको कारणले मात्रै कक्षा १२ को परीक्षा स्थगित भएको हो । छिटोभन्दा छिटो कोभिड विरुद्धको खोपको व्यवस्था गर्नु पर्यो । विद्यार्थीहरू खोप नलगाउने, छुटने र परीक्षामा सहभागी हुन नपाउने अवस्था आउन दिन हुन्न । यस्ता विषयलाई पनि ख्याल गरेर यो सबै व्यवस्था मिलाएर छिटोभन्दा छिटो परीक्षा लिने दिशातिर सरकार जाओस् भनेर म समितिको तर्फबाट निर्देशन दिन चाहन्छु ।’
समितिले टयूसन शुल्क मात्रै लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्यहरूले कोभिडविरुद्धको खोपका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरेर छिटो कक्षा १२ को परीक्षा संचालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराएका थिए ।
समितिकी सदस्य एवम् प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद विद्या भट्टराईले तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाई कक्षा १२ को परीक्षा लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरे । उनले दुवै खोपको व्यवस्था गरी विद्यार्थीहरूलाई जोखिम नहुने गरी परीक्षाको तयारी गर्न पनि सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए।
समितिका अर्का सदस्य एवम् सत्तारुढ नेपाली काँग्रेसका सांसद मानबहादुर विश्वकर्माले कोभिडविरुद्धको दुवै डोज खोपको व्यवस्था गरेर छिटो कक्षा १२ को परीक्षा लिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । उनले विद्यार्थीहरूले परीक्षा दिन पाउने व्यवस्था मिलाउन सरकारले ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले समितिले दिएको निर्देशन अनुसार कक्षा १२ को परीक्षाको आवश्यक व्यवस्था मिलाउन ढिलाई नगर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भौतिक रूपमा कक्षा नभएकाले इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले अनलाईन फि मात्रै तिरेर परीक्षा लिने व्यवस्था मिलाउन पनि तत्काल सरोकारवाला निकायसँग छलफल गर्ने समितिलाई जानकारी गराए । इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले अनलाईन फि मात्रै तिरेर आफूहरूले परीक्षा दिन पाउने व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन् ।

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…
_7EmQO5w85t_fev7gn5o5kdw71yt4ykbdv9blhbr0dmpmxuhpcwdiirg58niu1rbb2vliq7l_zid352YWNt_lsm4lamrurvf52ek2nrgfwxrxmcsr2gnlgjz2dwjc3tngdi4y6qqhyrih8co.jpg)
गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

प्रतिक्रिया