पुस्तकलाई पुज्नुपर्छ भनेर सिकाइएको अर्थ गहन छ : सभामुख

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले सामुहिक छलफलबाट पुस्तकालयको प्रभावकारी व्यवस्थापन गर्न सकिने बताएका छन् । मंगलबार संघीय संसद सचिवालयमा रहेको पुस्तकालयको निरीक्षणका क्रममा सभामुख सापकोटाले सानो ठाउँमा पनि कसरी प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ भनेर सामुहिक छलफल गर्न सुझाव दिए ।
उनले आफ्नो र संसद सचिवालयको तहबाट पुस्तकालयका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिवध्दता जनाए । निरीक्षणका क्रममा सभामुख सापकोटाले पुस्तक पुज्नुपर्छ भनेर सिकाइएको संस्कारभित्र गहन अर्थ रहेको बताए ।
उनले भने ‘सँस्कार कस्तो बसाल्ने भन्ने महत्वपूर्ण हुन्छ, पुस्तकलाई पुज्नुपर्छ भनेर सिकाइएको अर्थ धेरै गहन छ ।’ सभामुख सापकोटाले नयाँ नयाँ प्रविधिको विकास भएपनि पुस्तकालयमा बसेर पढ्नुको मज्जा बेग्लै रहेको चर्चा गर्दै समयानुकूल परिवर्तन गर्दै ‘इ–लाइब्रेरी’का लागि गरिएको तयारीप्रति खुसी व्यक्त गरे ।

राजतन्त्रकालमा १० वर्षमा मुद्दा सकियो, थप ४ वर्ष फ्रिमा थुनिदियो : प्रधानमन्त्री …

म मेयर होइन, विराटनगरको मात्रै चिन्ता लिने : प्रधानमन्त्री ओली

नीति तथा कार्यक्रममा विकास भन्दा गणतन्त्र रक्षाले प्राथमिकता पायोः सांसद सिंह

सडकमा देखिने असन्तुष्टि र निराशा बजेटमार्फत सम्बोधन गरौँः नारायण खड्का

सहमतिको आधारमा संविधान संशोधन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्नः आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अर…

स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैनः स्वास्थ्यमन्त्री पौडेल

प्रतिक्रिया