थप २ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौँ - नेपालमा शनिबार थप दुई हजार ७५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ७ सय ३ पिसिआर परिक्षणका क्रममा १ हजार ४ सय २४ र ५ हजार ३ सय ७२ एन्टीजेन परिक्षणका क्रममा ६५१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख २५ हजार ७२२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ४ सय ८५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार ३ सय ८२ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ९५ हजार ९२५ जना निको भएका छन् ।
हाल नेपालमा ३९ हजार ३२१ सक्रिय संक्रमित आइशोलेशन र ४२३ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३८ लाख २१ हजार २४८ वटा पिसिआर र ४ लाख २९ हजार ४८२ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया