आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

समाजलाई द्वन्दतर्फ धकेल्ने षडयन्त्र सफल हुँदैन : प्रधानमन्त्री ओली

फाइल तस्वीर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई द्वन्दतर्फ धकेल्ने षडयन्त्र सफल नहुने स्पष्ट पारेका छन् । काठमाडौंको चोभारस्थित सुलक्षण जेष्ठ नागरिक आवास गृहको शिल्यानाश गर्दै प्रधानमन्त्री ओलीले केही तत्व समाजलाई द्वन्दतर्फ धकेल्न अग्रसर रहेको भन्दै सरकारले त्यसलाई प्ररास्त गर्ने स्पष्ट पारे । 

अहिले पनि हतियार देखाएर समाजलाई धम्काउने, एक नेपालीले अर्को नेपालीलाई मार्ने काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले सवै नेपालीको निर्धक्क बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्नेसमेत बताए । उनको संकेत प्रतिबन्धित विप्लवतिर थियो । 

उनले समृद्ध नेपाल सुखी नेपाली सरकारको नारा भए पनि परस्परिक विरोध अन्त्य नगरेसम्म समृद्ध नेपाल भए पनि सुखी नेपाली हुन नसक्ने तर्क गरे । 
केही तत्वले समाजमा भ्रम सिर्जना गर्न सत्यलाई असत्य र असत्यलाई सत्य भन्दै प्रचार गरेकाले सजक र सत्यको पूजारी भएर समाज रुपान्तरणको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे ।