रिलिज अगावै ‘केजीएफ २’ को गोजीमा सय करोड

मुम्बई : हल खुल्ने प्रतीक्षामा रहेको कन्नड फिल्म ‘केजीएफ’को दोस्रो भागले प्रदर्शन अगावै सय करोड सुरक्षित गरेको छ । फिल्मले दक्षिण भारतमा मात्र स्याटालाइट अधिकार बेचेर यत्ति ठूलो रकम कमाइ गरेको हो ।
निर्माण टिमले बताएअनुसार यो फिल्मको टिभीमा प्रदर्शन अधिकार जि न्युजले किनेको हो । महंगो रकम तिरेको जिले यो फिल्म अब कन्नड, तेलगु, तमिल र मलयालमका च्यानलमा प्रसारण गर्नेछ ।
तीन वर्षअघि रिलिज भएको पहिलो भागले आश्चर्यजनक कमाइ गरेको थियो । सुरुमै दुई भागमा आउने घोषणा गरेको फिल्ममा कलाकारको काम ब्याकग्राउन्ड स्कोर र एक्सनले धेरैको मन जितेको थियो । दोस्रो भागको लगानी नै सय करोड भएको बताइएको छ । यस हिसाबले फिल्मले गरेको लगानी स्याटालाइट अधिकार बेचेर नै उठाएको छ ।
कन्नड स्टार यशको मुख्य भूमिका रहेको दोस्रो भागमा भने बलिउड कलाकार पनि थपिएका छन् । दोस्रो भागमा सञ्जय दत्त र रविना टण्डन थपिएका नाम हुन् । यो फिल्म आजकै दिनमा रिलिज हुने भनी घोषणा भएको थियो तर महामारीका कारण यो मितिमा रिलिज हुन नसकेपछि यही मितिमा स्याटालाइटमा भएको सम्झौता सार्वजनिक गरेका हुन् ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_Pt14IPiKE7_w7nqk7c2kqz16vbrltzqrczh6woickw5tzay5kpcjwqqkpsyvrevx28twp4q.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया