ब्राउन सुगरसहित तीन जना पक्राउ
जनकपुरधाम- प्रहरीले सिरहाको लहानबाट अवैध लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
बिहीबार साँझ प्रदेश नं २ प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय लहानबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लहानमा चेकजाँचको क्रममा ८ ग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेहरूमा लहान नगरपालिका २४ मनिकदह बस्ने वर्ष १८ को मनदिप विश्वकर्मा, वडा नं. ५ बस्ने वर्ष ५२ को रामदेव यादव र वडा नं. ५ बस्ने वर्ष २५ को दिपेन्द्र यादव रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया