यी ठाउँबाट लगाउन पाउँछन् कक्षा ११ र १२ का विद्यार्थीले आजदेखि कोभिड खोप

काठमाडौँ- आजदेखि काठमाडौँमा कक्षा ११ र १२ का विद्यार्थीले कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा पाउने भएका छन् ।
१८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका परीक्षार्थीहरूलाई खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए ।
शुक्रबारदेखि नै काठमाडौँमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो मात्रा दिइने उनले जानकारी दिए । खोप अभियान ४ भदौदेखि ६ गतेसम्म सञ्चालन हुने उनले बताए ।
यी हुन् खोप केन्द्रहरू :
- सशस्त्र प्रहरी अस्पताल, बलम्बु
- वीरेन्द्र सैनिक अस्पताल, छाउनी
- नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
- राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
- वीर अस्पताल, रत्नपार्क
- निजामति कर्मचारी अस्पताल, वानेश्वर
- शिक्षण अस्पताल, महाराजगञ्ज
- परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
- काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र
- अन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र
- आवश्यकताअनुसार पालिकाले तोकेको थप खोप केन्द्र

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया