चाँदीका गहनासहित ६० वर्षीय वृद्ध पक्राउ

वीरगंज - वीरगंजमा चाँदीका गहनासहित एक जना वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ६ का ६० वर्षिय नागेन्द्र साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सिमावर्ती भारत रक्सौलबाट चाँदीको गहना लिएर वीरगन्ज पैदल आउँदै गरेका सोनारलाइ, प्रहरीले वीरगन्ज नाकाको शंकराचार्य प्रवेशद्वारमा चेकजाँच गर्ने क्रममा सोनारले बोकेको ब्यागबाट चाँदीका विभिन्न गहना ६ किलो १ सय ६८ ग्राम बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
चाँदीका गहना सहित पक्राउ परेका सोनारलाइ आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको खनालले बताए ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया