आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

तपाईंहरु सल्लाह गर्दै गर्नुस् भन्दै सर्वदलीय बैठकको बिचमै देउवा निस्किएपछि...

फाइल तस्बिर

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वदलीय बैठकको बिचमै निस्किएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक नसकिँदै शेरबहादुर निस्किएका हुन् ।

बैठकमा देउवा १ घण्टा १० मिनेट मात्रै बसेका छन् । बैठकबाट निस्किनु भएको देउवाका स्वकिय सचिव भानु देउवाले जानकारी दिए । भानुका अनुसार शेरबहादुर बुढानिलकण्ठ घरमा बसिरहेका छन् । 'तपाईंहरु सल्लाह गर्दै गर्नुस् मेरो काम छ भनेर निस्किनुभयो' बैठकमा सहभागी एक नेताले इकागजसँग भने 'कांग्रेस रामचन्द्र पौडेललगायत अन्य नेताहरु भने बैठकमा बसिरहनु भएको छ ।'

शेरबहादुरको पूर्वनिर्धारित कार्यक्रम केही नभएको उनी निकट एक नेताले जानकारी दिए ।