३२७४ जनामा संक्रमण, २७ को मृत्यु

काठमाडौँ - पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ७४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ५६५ पिसिआर परिक्षणमा २ हजार ४ सय ५६ र ६ हजार १ सय २४ एन्टीजेन परिक्षणमा ८१८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ८ लाख १४ हजार १२७ पुगेको छ ।
त्यस्तै कोभिड संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणका कारण १० हजार ३५४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा ६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा ३७ लाख ७९ हाजर २३० वटा पीसीआर र ४ लाख ७ हजार ४ सय ९५ वटा एन्टीजेन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया