एक जना संक्रमित भेटिएपछि न्युजिल्यान्डमा फेरि लकडाउन

काठमाडौँ-६ महिनामा पहिलो कोभिड–१९ संक्रमित भेटिएपछि न्युजिल्यान्डमा लकडाउन घोषणा गरिएको छ । न्युजिल्यान्डकै सबैभन्दा ठूलो सहर अकल्यान्डमा एक व्यक्तिमा कोभिड संक्रमण भेटिएपछि पुरै देशभर लकडाउन गरिएको हो ।
न्युजिल्यान्डकी प्रधानमन्त्री जाकिन्डा आर्डेनले तीन दिनका लागि लकडाउन जारी गरेकी हुन् । मंगलबार जारी गरिएको सूचनाअनुसार न्युजिल्यान्डमा बुधबारबाट तीन दिनका लागि लकडाउन गरिएको हो । यद्यपि अकलयान्ड र अर्को तटिय सहर कोरोमान्डेलमा भने लकडाउन सात दिनसम्म जारी रहनेछ ।
रोयटर्सका अनुसार लकडाउन अवधिभर विद्यालय, कार्यलय तथा समपूर्ण व्यापार व्यावसाय बन्द रहनेछन् । अत्यावश्यक सेवा भने खुलै रहनेछ । ती संक्रमितमा कोभिडको कुन भेरिएन्ट भेटिएको भन्ने बारे अनुसन्धान भइरहेको छ ।
न्युजिल्यान्डमा फ्रेबुअरी यता नयाँ संक्रमित भेटिएका थिएनन् । न्युजिल्यान्डमा हालसम्म करिब २५ सय जनामा काभिड संक्रमण देखिएको छ । संक्रमणमा परी मृत्य हुनेको संख्या भने २६ रहेको छ । न्युजिल्यान्डले अहिले पनि अन्तर्राष्ट्रिय यात्रुका लागि सीमा खोलिसकेको छैन ।

बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

जुलाई १ देखि जर्मनी जान थप समस्या हुने

पहिला उनी थिए आतंककारी, अब अमेरिका र युरोपको ब्यापारिक साझेदार

अन्तरिक्षमा भेटियो रहस्यमय भाइरस, वैज्ञानिकहरू नै देखेर अचम्मित

'प्यालेस्टाइनी पक्षधर' सर्ट लगाएर जुलियन असान्ज पुगे कान्स फेस्टिभलमा

गाजामा इजरायली हमलामा १६ जनाको मृत्यु

इजिप्टमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु, सात घाइते

प्रतिक्रिया