सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

सेलपेले ल्यायो ‘रक्षा बन्धन’ अफर

काठमाडौँ - भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकको लागि रक्षा बन्धनको उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट पाँच हजार रुपैयाँ वा त्यो भन्दा बढीको सामान खरिद गरेमा पाँच सय रुपैयाँ नगद फिर्ता पाउनेछन् । यो योजना यही भदौ १ गतेदेखि भदौ ६ गतेसम्म लागु हुने छ ।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, वास्तविक समयमा गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।