३,४५१ जनामा कोभिड संक्रमण, ३५ जनाकाे मृत्यु

काठमाडौँ - नेपालमा सोमबार थप ३ हजार ४ सय ५१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ९३ पीसीआर परीक्षणका क्रममा २ हजार ५ सय ६६ र ५ हजार ५ सय १८ एन्टीजेन परीक्षणका क्रममा ८८५ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख १० हजार ८ सय ५३ पुगेको छ । त्यस्तै कोभिड कारण थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिडका कारण १० हजा ३२७ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप २ हजार ४ सय ५८ संक्रमित कोभिडमुक्त हुदा हालसम्म नेपालमा ६ लाख ८५ हजार १४० जना कोभिडमुक्त भएका छन् । हाल नेपालमा ३९ हजार ३७१ सक्रिय संक्रमित आइशोलेशन र ४०२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३७ लाख ६७ हजार ६६५ वटा पिसिआर र ४ लाख १ हजार ३ सय ७१ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

प्रतिक्रिया