अफगानिस्तानबाट नेपाली फर्काउन कार्यदल गठन, विवरण संकलन सुरु
काबुलमा रहेका नेपाली र आफन्तबारे जानकारी दिन सरकारको आग्रह

काठमाडौँ - विद्रोही संगठन तालिवानले सत्ता कब्जा गरेपछि समस्यामा परेका नेपालीलाई अफगानिस्तानबाट स्वदेश फर्काउन सरकारले कार्यदल गठन गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको र अफगानिस्तानमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने पहल सुरु भएको जनाएको हो ।
यसका लागि अफगानिस्तानमा रहेका नेपाली र उनीहरुका परिवारलाई विवरण उपलब्ध गराउन सरकारले आग्रह गरेको छ । साथै परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुको बारेमा तत्काल बुझ्ने काम, उनीहरुलाई सुरक्षित राख्ने र यसबारे आवश्यक जानकारी अपडेट गराउनका लागि दिल्लीमा रहेको नेपाली दुतावासलाई निर्देशन दिएको छ ।
साथै अफगानिस्तानमा नेपाली कामदार पठाउने म्यानपावर व्यवसायी र कम्पनीलाई उनीहरुको बारेमा विवरण उपलब्ध गराउन पनि सरकारले आग्रह गरेको छ ।

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र …
यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

प्रतिक्रिया