भारतले मनायो स्वतन्त्रता दिवस, 'वन्दे भारत रेल'को घोषणा

काठमाडौँ– भारतले ७५औं स्वतन्त्रता दिवस मनाएको छ । ब्रिटीश उपनिवेशबाट स्वतन्त्र भएसँगै भारतले हरेक वर्ष अगष्ट १५ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । ७५औं स्वतन्त्रता दिवसका अवसरमा भारतले ‘आजादीका अमृत महोत्सव’ मनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विहान राजधानी नयाँ दिल्लीस्थित लालकिल्लामा उभिएर ७५ वन्दे भारत रेल र उडान स्कीमको घोषणा गर्दै भारतमा यातायातको क्षेत्रमा नयाँ मानक स्थापित गर्ने बताएका छन् ।
वन्दे भारत, भारतको पुरातन अर्ध–उच्च गतिको रेल सेवा हो । भारतले रेलसेवामार्फत् ४० सहरलाई जोडिसकेको छ । प्रधानमन्त्री मोदीले उत्तरपूर्वलाई पनि रेलबाट जोड्ने बताएका छन् । ब्रिटीश राजबाट स्वतन्त्र भएको ७५ वर्षमा भारतले आफ्नो रेल यातायातलाई गौरवपूर्ण अवस्थामा पुर्याएको उल्लेख गररेको छ । भारतमा सन् १८५३ मा यस महाद्विपकै पहिलो यात्रुबहाक रेल सेवा शुरु भएको थियो । स्टीम इन्जिन विकास भएको २० वर्ष नबित्दै यो प्रविधि ब्रिटीशले सन् १८५३ मा भारतमा भित्र्याएको थियो र रेलबाट मुख्य सहरहरू दिल्ली, मुम्बई, कलकत्ता र मद्रासलाई रेल सञ्जालबाट जोड्ने काम भएको थियो ।
त्यस्तै पहाडी क्षेत्रमा अर्को ५० वर्ष लगाएर रेल सञ्जाल विस्तार भएको । भारतमा रेल आएको एक शताब्दीमा ५४,००० किमी रेल लिक बिछ्याइएको छ । भारतमा शुरुवातमा रेल ब्रिटीश उपनिवेशको देन जस्तो देखिएपनि स्वराज आन्दोलन सम्पन्न भई भारत स्वतन्त्र बनेपछि रेलको विस्तारले तीव्रता लिएको थियो । सन् १९४७ मा ब्रिटीश उपनिवेशले भारत छाड्दा भारत र पाकिस्तान दुईओटा मुलुकमा विभक्त गरेको थियो । त्यसबेला ब्रिटीश उपनिवेशले विकास गरेका ४० प्रतिशत रेल सञ्जाल पाकिस्तानमा परेको थियो ।
काठमाडौँस्थित भारतीय दूतावासले विविध कार्यक्रम गरी स्वतन्त्रता दिवस मनाएको जनाएको छ ।
काठमाडौँस्थित भारतीय दूतावास ले स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेको कार्यक्रम । तस्बिर : भारतीय दूतावास, काठमाडौँ
(समाचार इण्डिया टीभी न्यूजको सहयोगमा तयार पारिएको हो)
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

महासंघद्वारा तारागाउँ रिजेन्सी होटल सम्मानित

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

प्रतिक्रिया