'बाह्रखरी कथा प्रतियोगिता' को तेस्रो संस्करण घोषणा, पहिलो हुनेलाई १ लाख

काठमाडौं : डिश होम बाह्रखरी कथा प्रतियोगिता -२०७८ प्रेस विज्ञप्ति नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न १२खरी बुक्सले 'बाह्रखरी कथा प्रतियोगिता-२०७८' (तेस्रो संस्करण) घोषणा गरेको छ । प्रतियोगितामा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षमा जस्तै प्रथम हुनेलाई रु. एक लाख, द्वितीयलाई रु. ६० हजार तथा तृतीय हुनेलाई रु. ४० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । कथा लेखनमा प्रदान गरिने यो पुरस्कार नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।
बाह्रखरी कथा प्रतियोगिता २०७८ को प्रमुख निर्णायकमा नारायण ढकाल, विवश पोखरेल र कुमारी लामा रहेका छन् । निर्णायक समूहले आफूलाई प्राप्त कथामध्येबाट उत्कृष्ट २५ र तिनै कथामध्येबाट प्रथम, द्वितीय तथा तृतीय कथाको छनोट गर्नेछ ।
कथा प्रतियोगिताको सर्त उल्लङ्घन नहुने गरी पठाइएका सम्पूर्ण कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० वटा कथा छनोट गर्नेछ । ती ५० वटा कथा निर्णायक समूहलाई उपलब्ध गराइनेछ । आन्तरिक निर्णायक मण्डलले चुनेका ५० कथामध्येबाट निर्णायक समूहले 'उत्कृष्ट कथा २०७८' का लागि २५ वटा कथा छान्नेछन् र तिनैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ ।
यो प्रतियोगितामा गतवर्ष सात सयभन्दा बढी कथाकारले भाग लिएका थिए भने यो वर्ष अझै ठूलो सहभागिता रहने आयोजकको दाबी छ । बाह्रखरी कथाका उत्कृष्ट २५ कथाको सँगालो २०७६ सालमा पुस्तकाकार रूपमा आएको थियो भने २०७७ सालमा कोरोना महामारीका कारण 'डिजिटल भर्सन'मा ल्याइएको थियो जुन बाह्रखरी डट कमबाट पनि प्रकाशित गरिएको थियो ।
यो वर्ष अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन र बिक्री वितरण गरिनेछ । पहिलो संस्करण अर्थात् २०७६ वैशाखमा बजारमा आएको 'उत्कृष्ट कथा २०७६' को हिन्दी अनुवाद पनि प्रकाशित भइसकेको छ । दोस्रो कथा संग्रहको ‘अडियो भर्सन' पनि प्रकाशित गरिएको थियो भने तेस्रो कथा संग्रह पनि 'अडियो भर्सन'मा समेत उपलब्ध हुनेछ । उत्कृष्ट २५ मध्येमा पर्ने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरिनेछ ।
आन्तरिक निर्णायक मण्डलले छनोट गरेका ५० कथामध्ये २५ भित्र नपरेका बाँकी कथालाई बाह्रखरी डट कममा प्रकाशित गरिनेछ र कथाकारलाई उचित पारिश्रमिकको व्यवस्था गरिनेछ ।
प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा २०७८ भदौ ३१ गतेभित्र 'बाह्रखरी कथा' को इमेल ठेगाना [email protected] वा books@ baahrakhari.com मध्ये कुनै एकमा पठाउनु पर्नेछ। कथा प्रतियोगिताको नतिजा २०७८ मंसीर ३ गते शुक्रबार एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिनेछ ।
सोही दिन 'उत्कृष्ट कथा-२०७८' को लोकार्पणसमेत हुनेछ । आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले 'बाह्रखरी कथा प्रतियोगितामा'मा भाग लिन सक्नेछन् ।
प्रतियोगिताको पहिलो संस्करणमा बिना थिङ तामाङको 'ब्याड भाले' प्रथम भएको थियो । लक्ष्मण वियोगीको 'टाउको' द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली' कथा तृतीय भएको थियो । त्यस्तै दोस्रो संस्करणमा मुना चौधरीको ‘लार' प्रथम भएको थियो भने श्रेयज सुवेदीको ‘बेजोडा' द्वितीय र दीपेन्द्र दोङ तामाङको 'बुलेट बाइक' तृतीय भएको थियो।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_Pt14IPiKE7_w7nqk7c2kqz16vbrltzqrczh6woickw5tzay5kpcjwqqkpsyvrevx28twp4q.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया