थप तीन अस्पतालबाट कोभिड खोपको प्रमाणिकरण हुने

काठमाडौँ - विगतमा कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएका व्यक्तिलाई वैदेशिक यात्राको प्रयोजनका लागि थप तीन अपतालबाट खोपको प्रमाणिकरण गर्न किने व्यवस्था मिलाइएको छ । गृह मन्त्रालयका अनुसार यसअघि टेकु अस्पतालबाट हुँदै आएकामा अब त्यसका अतिरीक्त पाटन, नेपाल प्रहरी तथा निजामती अपतालबाट प्रमाणीकरण गर्न सकिने व्यवस्था मिलाइएको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ ।
यसअघि टेकु अस्पतालबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो । विदेश जाने मानिसको चाप बढ्दै गएकाले उक्त व्यवस्था गरिएको जारी सूचनामा उल्लेख छ । यसअघि उपत्यका बाहिरका ५० शैयाभन्दा माथिका सरकारी अस्पतलासमेतबाट खोप प्रमाणीकरण गर्ने व्यवस्था छ ।
जारी सूचनामा कतिपय मुलुकले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको सन्दर्भलाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेव साइटमा खोप लगाएको विवरण प्रविष्ट गरी प्रमाणीकरण गर्न सकिनेछ । आवश्यक कागजात अनलाइन फर्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गरी उक्त कोड प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।
यसरी अपलोड भएका कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइनबाट स्वतःप्रमाणीकरण हुने हुनाले क्यूआर कोड सबैले पाउने व्यवस्था मिलाइएको छ । रासस

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया