'कोभिडको पहिलो र दोस्रो लहरमा सूचीकृत गरिएको अस्पतालमा संक्रमितको उपचार गर्नू'

काठमाडौँ - गृह मन्त्रालयले अस्पताल, मेडिकल कलेज र आइसोलेसन सेन्टरलाई कोभिड संक्रमितको उपचार गर्नुपर्ने भएकाले सूचीकृत गर्न आग्रह गरेको छ । कोभिडको पहिलो र दोस्रो लहरमा उपचार गरिएको अस्पताललाई पुनः सूचीकृत गर्नुपर्ने आवश्यकता देखिएकाले सबै जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयलले दिनप्रतिदिन कोभिड संक्रमितको संख्या बढेकाले सम्भावित कोभिडको तेस्रो लहरलाई मध्यनजर गर्दै पहिलो चरणमा सूचीकृत गरिएको अस्पताललाई व्यवस्थापन गर्नुपर्ने जनाएको छ । यसअघि सूचीकृत गरिएको कोभिड अस्पताल बन्द गरिएको थियो ।
अस्पतालहरूको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउन मन्त्रालयले आग्रह गरेको छ । सूचीकृत अस्पतालमा उपचार गरिरहेको संक्रमितको तथ्याकं मन्त्रालयलाई दैनिक उपलपब्ध गराउनुपर्ने बताइएको छ ।
मन्त्रालयका अनुसार निशुल्क उपचार गरिएको संक्रमितहरूको विवरण सम्बन्धित अस्पतालहरूलाई सोध भर्ना गर्ने गरी स्वास्थ्य मन्त्रालयलाई पठाउनुपर्छ । सूचीकृत अस्पतालहरूको नियमित सुपरिवेक्षण र अनुगमन गर्नुपर्नेछ ।

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

प्रतिक्रिया